काठमाडाैं । अर्को हप्तादेखि नेपालमा हुने महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै २१ भदौदेखि ३ असोजसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाकारी गराएको हो ।
प्रतियोगिताका सम्पूर्ण खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छन् ।
दक्षिण एसियाली फुटबल महासंघ९साफ० ले प्रतियोगितामा सहभागी ७ टोलीलाई २ समूहमा विभाजन गरेको छ । समूह ञबीझमा आयोजक नेपाल श्रीलंका र भुटान छन् । समूह ञएझमा साबिक विजेता भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्स छन् ।
प्रतियोगिता सञ्चालनमा ३ करोड ४७ लाख ६७ हजार ६८० रुपैयाँ खर्च हुने एन्फाको अनुमान छ । त्यसमध्ये सहभागी टोली र म्याच अफिसियलको खाना र बसोबासको खर्च दक्षिण एसियाली फुटबल महासंघ ९साफ० ले गर्नेछ । एन्फा प्रवक्ता सुरेश शाहका अनुसार मैदान तयारी, यातायात र अन्य खर्च एन्फाले गर्नेछ ।
प्रतियोगिताका लागि साफले २ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराएको एन्फाले बताएको छ । गएको ६ असारमा निर्वाचित नयाँ एन्फा कार्यसमितिले पहिलो प्रतियोगिताका रूपमा साफ च्याम्पियनसिप आयोजना गर्दैछ ।
नेपालमा दोस्रो पटक आयोजना हुने च्याम्पिनसिप काठमाडौंमा भने पहिलो पटक हुँदैछ । यसअघिको संस्करण विराटनगरमा आयोजना भएको थियो । त्यसको फाइनलमा भारतले नेपाललाई ३–१ ले हराएको थियो ।
च्याम्पियनसिपका लागि भुटान र पाकिस्तानी टोली नेपाल आइसकेका छन् । भारत र श्रीलंकाको टोली शनिबार तथा माल्दिभ्स र बंगलादेश आइतबार आइपुग्ने एन्फाले जानकारी दिएको छ ।
च्याम्पियनसिप आयोजनाका लागि एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
एन्फाले च्याम्पियनसिपको टिकेटिङ, मार्केटिङ र ब्रोर्डकास्टिङ अधिकार भारतीय कम्पनी १०० स्पोर्टस् म्यानेजमेन्ट प्रालिसँग ६२ लाख रुपैयाँको सम्झौता गरिसकेको जनाएको छ ।
प्रतियोगिताका लागि टिकट दर भिआइपीतर्फ ५०० र साधारणतर्फ ३०० रुपैयाँ तोकिएको छ ।
नेपाल र भुटानबीच २१ भदौमा उद्घाटन खेल हुनेछ । राउन्ड रोविनका आधारमा हुने खेल समूह चरणपछि शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । फाइनल ३ असोजमा हुनेछ ।


















