लक्ष्मी ढकाल भोजपुर
हाल काठमाडौं
१.
आफूले खोजेर केही पनि
ल्याउनु पर्दैन थियो
अरुलाई हरेक कुरामा
सम्झाउनु पर्दैन थियो
बालापनको दशैँमा पुग्थ्यो
घुर्की लगाएपछि
अभाव छ तनाव छ भनेर
देखाउनु पर्दैन थियो
२.
म हुँ वृक्ष याैटा अडेकाे
जरामा !
न धक्का सहन्छु न झर्छु
धरामा!
म लालिगुराँस झैँ सधैँ
हाँसिदिन्छु,
सधैँ फुलिदिन्छु विकट
कन्दरामा
३.
कुनै रहर भएर हैन सीताले
अग्नि परिक्षा दिनु पर्यो
शिव मन परेनन् दक्षलाई सती
अग्निमा होमिनु पर्यो
शिव मन परेनन् दक्षलाई सती
अग्निमा होमिनु पर्यो
अभावको हुरी दु:खको बाढी
सब सहन्छन् नारीले
अपमान पचाउने सामर्थ्य हुन्न
यत्ति कुरा सम्झिनु पर्यो

















