काठमाडौं । पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ।
गत शनिवार मात्र शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका ४५ वर्षीय उनको हृदयाघातका कारण बुधवार बिहान निधन भएको हो ।
स्वास्थ्यमा समस्या भएपछि तत्काल धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्याइएको थियो। तर, उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ।
मोरङको पथरी १ घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै पछि ओभरल भिडन्तमा मिस्टर काठमाडौँ जितेका थिए।


















