नक्कली परीक्षार्थी पक्राउ

106

                                                                                                               

नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने २ जना व्यक्ति आज पक्राउ परेका छन । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलिले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ मा रहेको राधेराधे  ट्रायल सेन्टरबाट टुकुसिंह तामाङ र राज कुमार श्रीमललाई पक्राउ गरेको हो ।

सिन्धुलीको दुधौली नगरपालिका १४ घर भएका मनिष प्रसाद सेढाईको नाममा ट्रायल दिँदै गर्दा सोहि ठाउँका २१ बर्षिय टुकुसिंह तामाङ र गोरखाको भिमसेनस्थान गाउँपालिका घर भएका ओमहरि ताम्राकारको नाममा ट्रायल दिँदै गर्दा सोहि ठाउँका २२ बर्षिय राज कुमार श्रीमललाई पक्राउ गरेको हो । गत साउन १९ गते देखी हालसम्म ६ जना नक्कली परिक्षार्थीहरुलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाएको हो ।

गत साउन १९ गते राधेराधे ट्रायल सेन्टरबाट ललितपुरको लुभु बस्ने २३ बर्षिय सन्तोष थापाको नाममा ट्रायल दिदै गर्दा भक्तपुरको गठ्ठाघर बस्ने २२ बर्षिय सुजन भट्टराई र यही भदौ १४ गते सबिन सेन्जुको नाममा ट्रायल दिँदै गर्दा  मनिष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै गत साउन २३ गते काठमाडौँको गुर्जुधाराबाट काठमाडौको छैमले बस्ने ३० बर्षिय रामचन्द्र खतिवडाको नाममा ट्रायल दिँदै गर्दा  सोही ठाउँका ३५ बर्षिय साजन आचार्य र यहि भदौ १३ गते पाँचथर घर भई हाल सतुङगल बस्ने आईन्द्रा आङदावेको नाममा ट्रायल दिँदै गर्दा पाँचथर घर भई हाल सतुङगल बस्ने बृज फाङक लिम्बुलाई  प्रहरीले पक्राउ गरि अभद्र व्यवहारमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।जसमध्ये सन्तोष थापाको नाममा ट्रायल दिने सुजन भट्टराईलाई पुर्पक्षको लागी थुनामा पठाएको छ ।

अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तीलाई रोक्नको लागी  विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभयो  । यसका साथै  अर्कै व्यक्तिले परिक्षा दिएर सवारी चालक अनुमति पत्र निकालिदा दक्ष चालकको कमी भई दुर्घटना समेत निम्तिने भएकोले ट्रायल सेन्टरहरुमा थप  निगरानि बढाईएको समेत उहाँले बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here