काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
प्रचण्ड देउवालाई भेट्न आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए । भेटमा आगामी निर्वाचनको सिट बाँडफाँटमा केन्द्रित कुरा भएको जनाइएको छ।
१६५ निर्वाचन क्षेत्र रहेकोमा पाँच दलले गरेको दाबीअनुसार २ सय ३१ क्षेत्र पुगेको छ। कांग्रेस १००, माओवादी ६०, एकीकृत समाजवादी ४०, जनता समाजवादी ३२ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका छन्।


















