अमेरिकाले युक्रेनलाई २ अर्ब अमेरिकी डलर राहतको नयाँ प्याकेज दिने घोषणा

66

 

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी राष्ट्पति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिका युक्रेनको साथमा रहेको बताएका छन्।

उनले रुससँग भइरहेको युद्धमा अमेरिका युक्रेनको साथमा उभिएको बताएका छन्। राष्ट्रपति जेलेन्स्कीलाई अमेरिका भ्रमणका क्रममा बाइडेनले भने, ‘तपाईं कहिले एक्लो हुनुहुन्नँ।’

रुस आक्रमणपछि युक्रेनी राष्ट्रपतिको अमेरिका भ्रमण विदेशको पहिलो भ्रमण हो। उनले राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् र साझा पत्रकार सम्मेलनलाई सम्बोधन गरेका छन्।  साथै बाइडेनले युद्धबाट समस्यामा परेको युक्रेनका लागि २ अर्ब अमेरिकी डलर राहतको नयाँ प्याकेज दिने घोषणा पनि गरेका छन्। साथै अमेरिकाले ४५ अर्ब डलरको एक अर्को प्याकेज पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। बुधबार भएको पत्रकार सम्मेलनका क्रममा बाइडेनले मिडियासँग युक्रेनको सहयोगका लागि कुनै चिन्ता नभएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here