चीनमा कोरोना महामारी बढ्याे

49

काठमाडौं । चीनमा कोरोनाको नयाँ भेरिन्टका कारण अस्पतालमा उपचार गर्ने स्थानसमेत खाली छैन। खचाखच कोरोनाका बिरामीले अस्पताल भरिएका छन्।

पछिल्लो समय लगातार बीएफ.७ सब भेरियन्टका कारण चीनमा तीव्र गतिमा संक्रमित थपिँदैछन्। विश्व स्वास्थ्य संगठनले यसप्रति चिन्ता व्यक्त गरेको छ। विश्व स्वास्थ्य संगठनले नयाँ लहरका कारण चीनका अस्पताल बिरामीले भरिएको बताएको छ। डब्लुएचओका इमरजेन्सी चीफ डा माइकल रायनले अधिकारीहरुले बिरामीको संख्या बताए पनि इन्टेन्सिप केयर युनिट भरिरहेको बताए।

चीनको तथ्यांकको कुरा गर्दा बुधबार कोरानाबाट कसैको पनि मृत्यु भएको छैन। तर महामारको प्रभाव भने बढिरहेको छ। चीनमा कोरोना महामारी बढ्नुका साथै राजधानी बेइजिङ र अन्य शहरका अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको बीबीसीले बताएको छ। यद्यपि सन् २०२० देखि नै चीनमा शून्य कोभिड नीति अनुसार कैयौं स्वास्थ्य प्रतिबन्ध लगाएको छ। तर यसो नीतिले अर्थव्यवस्थामा दुष्प्रभावलाई मध्यनजर गर्दै सरकारले दुई हप्ताअघि केही नियम परिवर्तन गरेको छ। त्यसपछि संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ।

म‌ंगलबार पाँच र सोमबार दुई जनाको मृत्यु भएको छ। डब्लुएचओले चीनलाई कोरोनाको वास्तविक विवरण दिन निर्देशन दिएको छ। यो भेरियन्ट निकै संक्रामक मानिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here