महामारीको तीन वर्षपछि महान् सत्सङ्ग समारोह

107

काठमाडौं ।  नेपाल मानव धर्म सेवा समितिको आयोजनामा महान् सत्सङ्ग समारोह-२०७९ आयोजना भएको छ । कोरोना महामारीको तीन वर्षपछि समितिको हंस बोध आश्रमको प्राङ्गणमा महान् सत्सङ्ग समारोह आयोजना भएको हो ।

अन्तर्राष्ट्रिय आध्यात्मिक व्यक्तित्व श्री विभूजी महारजजीले मानव जीवनमा आध्यत्मको के महत्त्व छ र जीवलाई कसरी सहज बनाउन सकिन्छ भनेर प्रवचन दिनु भयो ।

उहाँले ब्रह्माण्डलाई सम्झनलाई गाह्रो भए पनि आफूभित्र भएको त्यो चेतनालाई सम्झन खोज्नुपर्ने बताउनुभयो ।  जहाँ संसार छ त्यहाँ संसारको बन्धन रहेको छ । तर हामी त्यो बन्धन भन्दा बाहिर निस्कने प्रयास गर्नुपर्छ यदि संसारमा मोह नहुने भए हामी पनि खुशी खुशी संसार छोडेर जाने थियौ ।‘

त्यति संसारको मोहमा मस्त रहेको बताउँदै उहाँले भन्नुभयो,’ धेरै मानिसले सबै दुख कम होस भन्ने चाहन्छन् । त्यो त संसार छोडेर जानुमा मात्र छ । तर के हामी जान तयार छौ । छैनौ भने यस संसारको खिचातानी, मोहमा छौं ।  सिद्ध पुरुषले आउँदा र जाँदा केही दुख मानेनन् संसारलाई हाँसी हाँसी छोडेर गए ।‘

‘एक पलमै हामी भगवान्सँग फल माग्छौ भने भने अनुसार नपुगे आफ्नै इष्टसँग टाढा हुन्छौ । फेरी दुख परे हामी पुन त्यही शरणमा पुग्छौ । यसको कारण मन हो । मानिसको सबैभन्दा समस्याको कारण मन हो । त्यसैले महान् पुरुषहरूले ध्यान गर्नलाई  सुझाव दिए ।‘

उहाँले संसारमा प्रकाश र अन्धकार दुई मार्ग रहेको बताउनुभयो। ‘आज हामी भित्र धेरै बदलाव आएको छ ।  हामी भित्र दुई ब्वाँसो रहेका छन् । जुन लडिरहन्छन् । एक दया माया करुणा प्रेम सहयोग जसलाई राम्रो ब्वाँसोको रूपमा भनिएको छ । अर्को अन्धकार क्रोध, ईर्ष्या, अहङ्कार, नोक्सान चाहने अन्धकार ब्वाँसो छन् । ती विद्वान भन्छन् यी दुवै सधैँ लडिनै रहन्छन् प्रकाश र अन्धकारबीच सधैँ लडाइ चल्छ । र तीनै ब्वाँसोले जित्ने छन् जसलाई तिमिले खुवाउनेछन् । यही जीवनको सबैभन्दा ठुलो कुरा हो ।‘

 

‘हामी जुन कोरोना कालबाट गुज्रिएका छौ । त्यो सकियो अब हामी त्यसलाई बिर्सिएर नयाँ सोच उमङ्गका साथ जीवनलाई अगाडि लिएर जानुपर्नेछ । धेरै प्रयोगात्मक रूपमा महान् पुरुषहरूले सम्झाएका छन् । कामना अधीनमा हामी जीवन जी रहेका छौ । जुन भोगले जीवन जिइरहेका छौ एक दिन हामी भन्छौ अब यहाँ भन्दा होइन । जो भौतिकवादी छन् ती अन्त्य समय सम्म त्यसैलाई भोगनेछन् तर जसले बीचमा तत्वज्ञानलाई जाने उनीहरू बीचैमा रोकिएर आफ्नो आत्माको कल्याण गर्नेछन् ।‘

उहाँ महान् पुरुषहरूले चलेको मार्गमा चल्नुपर्ने बताउनुहुन्छ । ‘त्यसैले शास्त्रहरूले हामीलाई सम्झाएका छन् । महा जनो यन पन्था। जुन मार्गमा महापुरुष चले त्यही मार्गमा चल । आध्यात्मिक र भौतिक जगत बेग्लाबेग्लै छैन । त्यो भोग्ने एकै व्यक्ति हो । हामी प्रभु सच्चा नाममा जोड दिनुछ । स्वाँसको माध्यमबाट त्यो सम्भव हुन्छ ।‘

सन्त महात्माहरूले ज्ञान भक्ति र कर्मको त्रिवेणिद्वारा मानव जीवनलाई सहज सरल र आनन्ददायक बनाउनुपर्ने  बताउनुभयो ।

सङ्गम श्रुति साङ्गीतिक समूहले प्रस्तुति गरेको थियो । कार्यक्रममा तीन हजार बढी भक्त समुदायको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा बालसभाका बालबालिकाले नृत्य नाटक प्रस्तुत गरि भक्त समुदायलाई प्रफुल्लित परे । 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here