भगवान गौतम बुद्धको जीवनी

75

विश्व शान्तिका अग्रदत तथा Light of Asia  गौतम बुद्धको जन्म इ.पु. ५६१ मा नेपालको लुम्विनी स्थित कपिलबस्तुमा भएको थियो । उनको पिताको नाम शुद्धोधन थियो भने माताको नाम मायादेवी थियो । सिदार्थ जन्मेको सात दिनमै उनको आमाको मृत्यु भएकोले उनको पालनपोषण सौतनी आमा महाप्रजापति गौतमद्धारा भयो । उनी बालकैमा टुहुरो भएपनि उनको बालककाल एकदम सुखद र विलासीपूर्ण रह्यो । दरबारमा हुने नाचगान र संगीतको आनन्दमा उनी डुब्थे । तर जब उनी किशोर तथा जवान हुँदै गए , त्यसपछि उनले समाजमा धेरै प्रकारका दुःख पाएका व्याक्ति देखे । उनले रोगी ,मृत्यु र बृद्ध मानिस देखे ।यसले उनलाई चिन्तित तुल्यायो । उनी यस्को कारण खोज्ने तिर लागे । उनलाई मानिसको यो रुप देखीे विरक्त गरायो । त्यही विरक्तीले उनलाई भविष्यको भगवान् बनायो । तिनै भगवान् गौतम बुद्धको जीवनी स्वरुप गौतमबुद्धको जीवनका आरोह , अवरोहलाई यस लेखमा प्रष्ट्रयाउने जमर्काे गरिएको छ ।
जब सिद्धार्थ मानिसको भिन्न स्वरुप रोगी , मृत वृद्ध देखी चिन्तित हुन थाले त्यसपछि उनको घरमा हल्ला खल्ला मच्चिन सुरु भयो । उनको बुबा शुद्धोदन छोरा सिद्धार्थ अब साधु बन्ने भयो भनेर पिरोलिई छोराको विहे गर्दिने निधो गरे । उनको छिमेकी राज्य कोलियकी सुन्दर कन्या यशोधरासँग भव्यताका साथ विवाह भयो । उनीबाट एउटा छोरा राहुल जन्मीयो । तर बुद्धमा राजसुखको चाहाना बढ्न सकेन । उनी उनको पारिवारिक जीवनदेखी सन्तुष्ट हुन सकेनन् । रोगी ,मृत्यु , बृद्ध र सन्यासीको दृश्यले उनमा झन् विरक्ति बढ्न थाल्यो । फलस्वरुप आफ्नो छोरो जन्मेको दिनमा नै २९ वर्षको उमेरमा उनी रातको समयमा दरबारबाट भागेर ज्ञानको खोजमा हिंडे । त्यसपछि उनी साँचो रुपमा दुःख पाएका जनताको पक्षमा आफ्नो जीवनको समर्पण गरेको पुष्टि हुन्छ ।
दरबारको सुख सयललाई बिर्सेर जब उनी दरवार छोडेर ज्ञानको खोजीमा हिंडे , त्यसपछि उनको कष्टमय जीवनको सूरु भयो । उनी मगधराज्य अन्तर्गत उर्बेला भन्ने बोधगया नजिकै ६ वर्षसम्म कठोर तपस्या ,योग तथा अनसन आरम्भ गर्न थाले तर ज्ञान प्राप्त भएन , अन्न जल ग्रहण गरे । त्यसपछि बोधिवृक्षको फेदमा पुनः तपस्यामा बसे । ज्ञान प्राप्त नहुदा सम्म त्यहाँबाट नउठने निश्चय गरे , थुप्रै विघ्न वाधा आए तर विचलित भएन्न र अन्नतः ३५ वर्षको उमेरमा ज्ञान प्राप्त भयो । ज्ञानी गौतम अनि आफ्नो ज्ञान बाड्दै विभिन्न ठाउँमा हिडे । यहाँनेर स्पष्ट हुनुपर्ने कुरा के छ भने गौतमको कर्मथलो भारत भएपनि जन्मथलो भने नेपाल नै हो । बुद्धको जन्मथलो भारत भन्ने केही भारतीयको भनाई गलत हो ।
ज्ञान पाएपछि उनी बनारसको सारनाथ गई ज्ञान बाँड्न थाले । उनका अनुयायीहरु पनि बढ्न थाले । जताततै उनको ज्ञानगुनका कुराको चर्चा हुनथाल्यो । उनले देवताको अस्तित्व अस्वीकार गरे , वर्ण व्यवस्था र जातिय उचनिचको भावना हटाउने क्रान्तिकारी कामको थालनी गरे । यसरी ४५ वर्ष भारतका विभिन्न ठाउँमा गई उपदेश दिए । यस क्रममा एक पटक आफ्ना पितामरेको खबर पाई कपिलबस्तु पनि आएका थिए । बुद्ध त्यसबेलाको समयका एक क्रान्तिकारी बिचारक थिए । आफ्नो राजसुखलाई त्यागेर उनले मानव शान्तिको मार्ग पहिल्याउने काम गरे । फलस्वरुप उनको धर्म आज नेपाल बाहेक भारत , चीन , जापान , थाइल्याण्ड , बर्मा , भुटान , श्रीलंका आदी थुपै्र देशमा फैलिएको छ । उनी नयाँ पुराना कुरालाई आखाँ चिम्लेर स्वोकार नगरी विवेकको प्रयोग गर्नमा जोड दिन्थे र व्यवहारिक अनुभवको कसीमा घाटेर हेर्नुपर्दछ भन्थे ।
यस्ता महान् भगवान् तथा दार्शनिक गौतम बुद्ध आज हाम्रो सामु हुनुहुन्न उहाँले त ८० वर्षमा उमेरमा सन् ६४१ मा आफ्नो प्राण त्याग्नु भएको थियो तर पनि उहाँले छोडेर जानु भएको ज्ञानका कुरा हाम्रो सामु ताजै छ । उनको ज्ञानलाई विश्वभरीका करोडौ मानिसहरुले आफ्नो जीवनपथको सिद्धान्त बनाएका छन् । विश्वमा उनका ठूलठूला मुर्तिहरु निर्माण गरिएको छ । विश्वभरीका बौद्ध धर्मावलम्बीहरु आफ्नो भगवान् गौतमबुद्धलाई अत्यन्तै सम्मान गर्दछन् । नेपालमा जन्मेर विश्वभरी ज्ञानको ज्योती दिन सफल गौतम बुद्धका कारण हामी नेपाली पनि विश्वभरी गर्वका साथ चिनिन पाएका छौ । विश्वमा आज धेरै धर्महरु छन् तर बुद्ध धर्मको पनि आफ्नै छुट्टै स्थान छ । आज हामीले बुद्ध धर्मको मुल मर्म शान्ति र सुखको मार्गलाई जो कसैले पनि मनन् गर्न सक्दछौ र आफ्नो जीवनलाई सफल जीवन बनाउन सक्दछौ । अन्तमा, “बुद्धम शरणम् गच्छामी ”, धन्यवाद….।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here