सभापति कपकाे पहिलाे र दाेश्राे हुनेले डालोमै पायाे नगद पुरस्कार

25

काठमाडौं । पहिलोपटक आयोजना भएको सभापति कप फुटबलको विजेता र उपविजेतालाई डालोमै नगद पुरस्कार प्रदान गरिएको छ ।

बिहीबार दशरथ रंगशालमा भएको फाइनलमा संकटा एफसीले आयोजक लोकतान्त्रिक बागमतीलाई सडन डेथमा ४-३ ले हराएर च्याम्पियन बनेको थियो ।

विजेता संकटाले ट्रफीसहित नगद २६ लाख र उपविजेता लोकतान्त्रिक बागमतीले १३ लाख प्राप्त गर्‍यो । विजेता टोलीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतले पुरस्कार प्रदान गरेका थिए ।

नकआउट फुटबल प्रतियोगितामा धेरै धेरै पुरस्कार घोषणा गर्ने र अनि चेक मात्र दिएर नगद रकम दिन कुराउने चलन पनि छ । तर सभापति कपको आयोजकले भने विजेता र उपविजेतासहित प्लेअर अफ दि म्याच, खेलको म्याच मनी सबै नगद नै प्रदान गरेको हो ।

आयोजकले च्याम्पियन टिमका कप्तान दिप कार्की र व्यवस्थापक राजुमान तुलाधरमै चिटिक्क सजाइएको डालोमै नगद राखेर पुरस्कार प्रदान गरेको हो । यसैगरी पोखरामा सहारा क्लबले आयोजना गर्ने आहा रारा पोखरा गोल्डकपमा पनि नगदै पुरस्कार दिने गरिएको छ ।

नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा आयोजनामा भएको सभापति कपमा ८ टोलीको सहभागिता थियो । घरेलु फुटबलमा नकआउट फर्म्याटको यो सबैभन्दा धेरै पुरस्कार राशी भएको प्रतियोगिता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here