बक्स अफिसमा धमाल मचाउदै ‘रामकहानी’

119

सुदर्शन थापा निर्देशित चलचित्र ‘रामकहानी’ले बक्स अफिसमा राम्रो गरिरहेको छ ।

गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्रले पहिलो र दोस्रो दिनमा ९५ लाख माथिको कमाई गरेको थियो भने बुधवार बम्पर कमाई गरेको छ ।

निर्देशक सुदर्शन थापाले दिएको जानकारी अनुसार तीजको बिदाको अवसरमा चलचित्रले फाइदा उठाएको छ । उपत्यकाका अधिकांश हलहरू हाउसफुल रहेको जानकारी दिए ।

चलचित्र मुख्य कलाकारद्धय पूजा शर्मा र आकाश श्रेष्ठ बुधवार चितवन पुगेका थिए । उनीहरुले चितवनमा दर्शकसँग बसेर चलचित्र हेरेका थिए भने दर्शकको प्रतिक्रियाहरू बुझेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here