एम्स इन्टरटेन्टमेन्ट फुटसलकाे पुरस्कार भाद्र ३१ गते वितरण गरिने

91

काठमाडाैं । चन्दागिरी नगरपालिकामा एम्स इन्टरटेन्टमेन्ट फुटसल  गत शनिवार भाद्र १८ गते मत्से फुटसलमा सम्पन्न भएको छ ।

कलाकालकारहरुबीचको भातृत्व तथा एकता कायम गर्नका लागि गत बर्षदेखि सुरु फुटसलमा भिमतुलाधारको ‘सी’ टोली प्रथम स्थान हासिल गर्न सफल भएको छ ।  द्धितिय स्थानमा सुरेन्द्र तुलाधरको ‘डी’ द्धितीय तथा तृतीयमा राजेन्द्रमान शाक्यको  तृतीय स्थान हुन सफल भएको थियो ।

साथै महिला कलाकारको टोलीमा  रचना सिंह सी टोली प्रथम स्थान, हिसिला महर्जन डि टोली द्धितीय  स्थान तथा पल्पसा डंगोलको ए टोली तृतीय स्थान हासिल गर्न सफल भएको थियो ।

सो कार्यक्रममा चन्द्रागिरी नगरपालिका प्रमुख,  घनश्यामगिरी, विशेष अतिथी चन्द्रागिरी नगरपालिकाका उपप्रमखु बसन्ती श्रेष्ठ, प्रकाश अधिकारी, तथा अतिथीहरुमा सोही नगरपालिकाका वडा अध्यक्ष अच्युट अधिकारी, सदस्य मुना गोपाली,, गिता बयलकोटी, शर्मिला केसीको उपस्थिति रहेको थियो ।

करिब १२ वटा टोलीले सहभागिता जनाएको यस फुटसल प्रतियोगितामा पुरुषको आठ टोली र महिलाको चार टोली गरी जम्मा बाह्र वटा टोलीले सहभागिता जनाएको थियो भने कार्यक्रमको पुरस्कार वितरण यही आउँदो भाद्र ३१ गते पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here