काठमाडौं । सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
सगरमाथा हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेको छ ।
सगरमाथा हाइड्रोपावरले ९ भदौ र माइखोला हाइड्रोपावरले २२ भदौमा आईपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका हुन्। दुवै कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेका छन्।
यी दुईसहित कुल ३२ कम्पनी आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा छन् ।

















