सगरमाथा र माइखोला हाइड्रोपावरको आईपीओ निष्कासन हुने

135

काठमाडौं । सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

सगरमाथा हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेको छ ।

त्यस्तै माइखोला हाइड्रोपावर कम्पनीले १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति मागरेको हो । दुई कम्पनीको करिब ७४ करोड ९ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको ७४ लाख ९ हजार ५६८ कित्रा आईपीओ निष्कासन अनुमति माग गरेका हुन् ।

सगरमाथा हाइड्रोपावरले ९ भदौ र माइखोला हाइड्रोपावरले २२ भदौमा आईपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका हुन्। दुवै कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेका छन्।

माइखोला हाइड्रोपावरले पनि इलाममा ३ मेगावाटको सुपरमाई क्यासकेड आयोजना निर्माण गर्दैछ। सगरमाथाले इलाम जिल्लामा रहेको माई नदीको पानी प्रयोग गर्न सुपरमाई ‘ए’ हाइड्रोपावर आयोजना निर्माण गर्दैछ। आयोजनाको क्षमता ९.९ मेगावाट हो।

यी दुईसहित कुल ३२ कम्पनी आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here