ललितपुर । ललितपुर महानगरपालिका-१५ बोधिग्राम भैंसीबजारस्थित डेरा गरी बस्ने सिन्धुली दुधौली नगरपालिका-७ घर भएका ४१ वर्षीय मनोहरी बरालको कोठाबाट नगद २० हजार रूपैयाँ र २० तोला बराबरको सुनका विभिन्न गरगहना समेत गरी करिब २० लाख रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
अपरिचित व्यक्तिले ढोकाको ताल्चा फोडेर उक्त धनमाल चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















