काडमाडौँ / शनिबार बिहान प्रदेश-१, मधेस प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश-१, मधेस प्रदेश, कर्णाली, सुदूरपश्चिम, बागती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रहेको छ । यस्तै, आज दिउँसो देशभर सामान्यतया बदली रहने जनाएको छ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । आज राति देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।


















