घरेलु श्रमिकका रूपमा युरोपेली मुलुक जाने व्यक्तिले अबदेखि अनिवार्य रूपमा तालिम लिनुपर्ने

53

काठमाडौं  । घरेलु श्रमिकका रूपमा युरोपेली मुलुक जाने व्यक्तिले अबदेखि अनिवार्य रूपमा तालिम लिनुपर्ने भएको छ । घरेलु श्रमिकका रूपमा ती देश जान चाहने व्यक्तिले कम्तीमा ३० कार्यदिनको तालिम लिएको प्रमाणपत्र पेस गरेपछि मात्रै श्रम स्वीकृति दिने बाध्यात्मक व्यवस्था गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी दिनुुभयो । यस्तो प्रमाणपत्रसँग बायोमेट्रिक हाजिरसमेत पेस गर्नुपर्ने उहाँले बताउनुभयो ।

साइप्रस, रोमानियालगायतका युरोपेली देशमा नेपाली युवा घरेलु श्रमिकका रूपमा तालिम नै नलिई जाने गरेकाले अबदेखि तालिमलाई अनिवार्य गरिएको विभागले जनाएको छ ।

वैदेशिक रोजगारीमा घरेलु श्रमिक पठाउनेसम्बन्धी निर्देशिका २०७२ को बुँदा १६ मा घरेलु श्रमिकका रूपमा वैदेशिक रोजगारीमा जानुपूर्व श्रमिकले अभिमुखीकरण तालिमसम्बन्धी कार्यविधि २०७० बमोजिम कम्तीमा ३० कार्यदिनको तालिम लिनुपर्ने व्यवस्था छ ।

अहिले घरेलु श्रमिकको रूपमा साइप्रस, रोमानियालगायतका देशमा श्रमिक पठाउँदा कतिपय वैदेशिक रोजगार व्यवसायीले तालिम नै नलिएका श्रमिक पठाउने गरेको पाइएको महानिर्देशक आचार्यले बताउनुभयो । नियमअनुसार तालिम नदिई नेपाली युवालाई विदेश पठाउने म्यानपावर कम्पनीलाई कारबाही गरिने उहाँले बताउनुभयो । गाेरखापत्रबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here