टेलिकमले संविधान दिवसको अवसरमा नयाँ अफर

59

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा नयाँ अफर ल्याएको छ । यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुनेछ ।

अफर अन्तर्गत तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक रु. ९८ मा खरिद गर्न सकिने छ ।

त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डेटा र अन-नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक रु. ४९ मा उपलब्ध हुनेछ ।

यसका साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डेटा प्याक रु. २९४ मा खरिद गर्न सकिने टेलिकमले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here