सेलकम प्रालिको सेलपे सेवाले दसैंको अवसरमा आकर्षक अफर ल्यायाे

64

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले दसैंको अवसरमा आकर्षक अफर ल्याएको छ।

यस योजना अन्तर्गत हरेक दिन एक सय जना ग्राहकहरुले १ जिबी डाटा प्याक १० दिनका लागी र १ जना लक्की बिजेताले लक्की ड्र मार्फत् सामसुङ ग्यालेक्सी फ्लिप ३ पाउन सक्नेछन्।

यो योजना असोज १७ गतेदेखि असोज २६ गतेसम्म लागू हुने बताइएको छ। सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो।

सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेका छन्ः 

वास्तविक समयमा भुक्तानी
सरल र सुरक्षित
बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here