नेपाल रत्नबाट पूर्वप्रधानमन्त्री स्व.सुशील कोइराला विभूषित

83

काठमाडाैं । सरकारले पूर्वप्रधानमन्त्री स्व‍.सुशील कोइरालालाई नेपाल रत्न(नेपालको सर्वोच्च मानपदवी)बाट विभूषित गर्ने भएकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा पूर्वप्रधानमन्त्री कोइरालालाई मरणाेपरान्त नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरेकी हुन् । कोइरालालाई संविधान जारी गर्दा प्रधानमन्त्री थिए ।

यस्तै, राष्ट्रपति भण्डारीले दिवसका अवसरमा राजनीतिज्ञ स्व. जीवराज न्यौपाने, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्र गौरव सम्मानित गरिने भएको छ ।

मन्त्रिपरिषद्को ३१ भदौको निर्णय अनुसार राष्ट्रपतिले ९९८ जनालाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी हुन् ।

आजकाे गोर्खापत्र दैनिककाे पृठ १२ र १३ मा प्रकाशित अलंकार र पदक पाउनेकाे नामावली:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here