कीर्तिपुरमा बजाज एक्स्चेन्ज मेला

89

काठमाडाैं । नेपालको बजाज मोटरसाइकलको अधिकारिक डिलर रहेको प्रोफेस्नल अटो मोबाइल्स प्रा लि सतुंगल तथा आर.एस. अटो हब प्रा.लि.ले संयुक्त रुपमा दशैं तिहारको सुवर्ण अवसर पारेर बजाज एक्स्चेन्ज मेलाको २०७९ को आयोजना गरेको छ ।

नेपालका चर्चित द्वन्द निर्देशक तथा अभिनेता राजेन्द्र खडगी र अभिनेत्री रेजिना उप्रेती लगायतले नयाँबजार, किर्तिपुरमा सो कार्यक्रमको रिबन काटेर उदघाटन गर्नु भएको थियो । कार्यक्रममा कलाकार बिजय बिष्ट, कलाकार कल्पना दाहाल, गायिका निमा लामा, कीर्तिपुर वडा नं. १० का वडा अध्यक्ष रमेश महर्जन, आर एस् अटो हब प्रा लिका अरिया सेल्स म्यानेजर सुवास क्षेत्री, हन्सराज हुलास चन्द एन्ड कम्पनीका एजीएम अभिशेक अग्रवाल, गायक तथा सञ्चारकर्मी सुमन कुमार श्रेष्ठ, सञ्चारकर्मी तथा उद्घोषक अनिल सुनाम, नेपालका लागि बजाज कम्पनीका बजार व्यवस्थापक लगायत थुप्रै अतिथि तथा दर्शकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रोफेस्नल अटो मोबाइल्स प्रा.लि. सतुंगल, चन्द्रागिरी न पा वडा न १० का चेयर पर्सन बिकास खडगीले आफुहरुले उपभोक्ताको चाहना बमोजिम नयाँ नयाँ उत्पादनहरु तथा अफर सहित नेपाली बजारलाई सुंहाउँदो र कम मुल्य पर्ने उच्च स्तरका बाइकहरु बजारमा ल्याएको जानकारी गराउनु भयो ।

मेलामा बजाज कम्पनीले भर्खरै बजारमा ल्याएको एन एस् १२५ लाई मुख्य आकर्षक रुपमा राखेको छ भने बजाजकै अन्य बाइकहरु पनि आधा भन्दा आधा तथा २५% को डाउन पेमेन्टमा लिन सकिने र पुरानोसंग नयाँ बाईकहरु पनि एक्स्चेन्ज गर्दा बजार मुल्य भन्दा ७००० बढी दिने अफर सहित मेलाको सुरुवात गरेको छ । साथै मेलामा आएर अब छिट्टै बजारमा आउन लागेको बहुप्रतिक्षित मोटरसाइकल पल्सर एन १६० र एन 150 को पनि धमाधम बुकिङ खुल्ला गरिएको कुरा आर एस् अटो हबका सञ्चाल सुमन देशारले जनाउनु भयो ।

नेपालमा विभिन्न कारणले चलिरहेको आर्थिक मन्दीमा उपभोक्ताहरुको चाहना बमोजिम न्युनतम आर्थिक भार होस् भन्ने हिसाबले अहिले ल्याएको यो योजनाले एकातिर आफ्नो ईच्छा पनि पुरा हुने र अर्को तिर आर्थिक भार र विभिन्न तनाब तथा झन्झटबाट पनि छुटकारा पाउन सकिने कुरा आयोजकद्वय खड्गी र देशारले संयुक्त रुपमा जनाउनु भयो । बजाज एक्स्चेन्ज मेला किर्तिपुरको नयाँबजारमा सञ्चालन हुँदैछ भने यही असोज २ देखि ६ गते सम्म चल्ने र मेलामै आएर लिंदा अझै विशेष छुट लगायतको अन्य सेवा सुबिधा पाइने पनि आयोजक टिमले जानकारी गराएकाे छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here