महिला साफ फुटबलमा नेपाल उपबिजेतामै सिमित, तीन खेलाडिद्वारा सन्यास

61

काठमाडौं । काठमाडौंमा सम्पन्न छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाललाई हराउँदै बंगलादेशले पहिलो पटक उपाधि कब्जा गरेको हो ।

सोमबारको फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध ३-१ गोलको जित हासिल गरेको छ । खेलको ७०औं मिनेटमा नेपालकी अनिता बस्नेतले गोल गरे पनि नेपाल बंगलादेशसामू दुई गोलले पछि रह्यो। अनिताले गोल गरेको ६ मिनेटमै बंगलादेशले तेस्रो गोल थपेको थियो ।

यसअघि नै बंगलादेशकी साम समुन्नहरले १३औं र ४२औं मिनेटमा श्रीमती कृष्णरानी सरकारले गोल गरेकी थिइन् । अन्तिम नतिजासँगै साफ महिलाले नयाँ विजेताको रुपमा बंगलादेशलाई पाएको छ ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमका तीन खेलाडीले अन्तराष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन् । डिफेन्डर पुनम जर्घा मगर, मिडफिल्डरहरू दीपा राई र इन्दिरा राईले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन् ।

उनीहरूले सोमबार सम्पन्न छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको फाइनलपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका हुन् ।

राखेप सदस्य सचिव टंकलाल घिसिङले तीनै जना खेलाडीलाई ब्लेजर लगाएर बिदाइ गरेका थिए । तीनै खेलाडीले विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेल्ने गर्छन् ।

पुनम जर्घा मगर

२०१४ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपबाट राष्ट्रिय टोलीका लागि डेब्यु गरेकी पुनमले राष्ट्रिय टिमका लागि ३९ खेल खेल्दा एक गोल गरिन् । २९ वर्षीया पुनम स्वास्थ्य समस्याका कारण टोली बाहिर थिइन् । यसै  साफमा प्रशिक्षक कुमार थापाले उनलाई पुनरागमन गराएका थिए  । उनले यो प्रतियोगिताका चारै खेल खेलिन् ।

दीपा राई

२०१४ मा पाकिस्तानमा भएको साफ महिला च्याम्पियनसिपबाट घरेलु टोलीविरुद्ध खेल्दै राष्ट्रिय टोलीका लागि डेब्यु गरेकी दीपाले त्यसपछि लगातार राष्ट्रिय टिममा स्थान बनाइ राखेकी थिइन् ।

३३ वर्षीय दीपाले राष्ट्रिय टोलीबाट ३६ खेल खेल्दा एक गोल गरेकी छन् । उनी जारी साफमा श्रीलंकाविरुद्ध ८५ औं मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेकी थिइन् ।

इन्दिरा राई 

इन्दिराले २०१८ मा चीनमा भएको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीका लागि डेब्यु गरेकी हुन् । ३१ वर्षीया इन्दिराले राष्ट्रिय टिमबाट जम्मा पाँच खेल मात्र खेलेकी छिन् । उनी छैटौं साफमा बेन्चमै सीमित भएकी थिइन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here