‘प्लेटिनम ड्राइभर्स गिभअवे’ का विजेताहरूलाई पुरस्कार वितरण

13

काठमाडौं । राइड–हेलिङ एप तथा विश्वव्यापी मोबिलिटी एवं शहरी सेवा प्लेटफर्म इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत पुरस्कार वितरण गरेको छ ।

उक्त अभियानमा चालक साझेदारहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।

इनड्राइभले १५ डिसेम्बर २०२५ देखि ४ जनवरी २०२६ सम्म सञ्चालन गरेको तीन साताको यस अभियानले उत्कृष्ट प्रदर्शन तथा सेवा गुणस्तरका आधारमा निरन्तर ‘प्लेटिनम’ स्तर कायम राख्ने चालक साझेदारहरूको पहिचान गरी सम्मान गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

अभियानका प्रमुख विजेताहरू तुमबहादुर थापा मगर, अशेष मगर रहेका छन् । उक्त दुवै विजेताहरू तीनै हप्ताभर निरन्तर प्लेटिनम स्तर कायम राख्दै सबै मापदण्ड पूरा गर्ने चालक साझेदारहरूबाट छनोट भएका हुन् ।

ग्रान्ड पुरस्कारका अतिरिक्त, अभियानअन्तर्गत विभिन्न साप्ताहिक पुरस्कारहरू पनि वितरण गरिएको थियो । जसमा १५ जना विजेतालाई रेडमी नोट १४ फाईभ जी स्मार्टफोन, ३० जना विजेतालाई ब्लुटुथ इयरबड्स, ३० जना विजेतालाई स्मार्ट वाच र एक हजार ५०० जना विजेतालाई पेट्रोल भौचर प्रदान गरिएको थियो ।

पुरस्कार प्राप्तिपछि तुमबहादुर थापा मगरले मेहनत र समर्पणको कदर गरेकोमा इनड्राइभप्रति आभार प्रकट गरे । उनले प्रतिक्रिया दिँदै भने, “प्लेटिनम स्तर कायम राख्न निरन्तरता, अनुशासन र उत्कृष्ट सेवा आवश्यक हुन्छ । यो उपलब्धिले आगामी दिनमा अझ राम्रो सेवा दिन प्रेरणा दिएको छ ।” त्यसैगरी, राइडर साझेदार अशेष मगरले यस अभियानले आफ्नो प्रदर्शन सुधार गर्न र सेवा स्तर कायम राख्न प्रेरित गरेको बताए ।

कम्पनीले साप्ताहिक चुनौतीहरू, आकर्षक प्रोत्साहन तथा दुईवटा प्रमुख ग्रान्ड पुरस्कारमार्फत अभियानले उत्कृष्ट र प्रतिबद्ध चालक साझेदारहरूको योगदानलाई उच्च मूल्यांकन गरेको बताएको छ । इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेशलिस्ट सुनीता जीमी राईले चालक साझेदारहरू नै नेपालमा इनड्राइभको सफलताको आधार भएको बताइन् ।

उनीहरूको समर्पणको सम्मान गद यो अभियान सञ्चालन गरेका उनले बताइन् । “यस अभियानले चालक साझेदारहरूको जीवनमा सकारात्मक प्रभाव पार्दै उनीहरूलाई सशक्त बनाउन सहयोग गरेको छ । आगामी दिनहरूमा पनि यस्ता प्रभावकारी कार्यक्रमहरू ल्याउने छौँ,” उनले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here