रिगललाई राष्ट्रपतिद्वारा गरिएको कैद मिनाहाविरुद्धको रिटमा सुनुवाइ जारी

44

काठमाडौं- रिगल भनिने योगराज ढकाललाई राष्ट्रपतिद्वारा गरिएको कैद मिनाहाविरुद्धको रिटमा सुनुवाइ जारी रहेको छ।

सर्वोच्च अदालतका न्यायाधीशहरू: ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ भइरहेको हो। कैद मिनाह भएका उनलाई पुन:पक्राउ गरी सजाय दिन माग राख्दै उनी पूर्व पत्नी भारती मानान्धरले मुद्दा दायर गरेकी हुन्।

हत्या अपराधमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रिगललाई राष्ट्रपतिबाट कैद मिनाहा भएपछि पीडितका तर्फबाट दायर रिटमा सर्वोच्चको पूर्ण इजलासमा निरन्तर सुनुवाइ हुने भएको हो।

२०७२ असार २८ गते बाँकेको नेपालगञ्ज १६ स्थित मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटेलअगाडि रिगलसहित करिब १५ जनाको समूहले स्थानीय चेतन मानन्धरको हत्या गरेको पुष्टि भएको थियो।

सोही प्रकरणमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ गते रिगललाई जन्मकैदको सजाय हुने फैसला सुनाएको थियो।

२०७२ भदौ ७ गते पक्राउ परेका उनलाई २०९२ भदौ ६ गतेसम्म कैद गर्नुपर्ने फैसला भए पनि गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरिदिएका थिए।

८ वर्ष कैद बसेर कैदमुक्त भएपछि आफूहरू त्रासमा रहेको र अपराधीलाई गर्नुपर्ने सजाय नपुगेको भन्दै चेतन मानन्धरकी तत्कालीन पत्नी भारतीले रिट दायर गरिन्। रिटमा भारतीले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालयसहितलाई विपक्षी बनाएकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here