टुकुचा खोला नदेखिएकाले रेखांकन गर्न नमिल्ने

69

काठमाडाैं । नापी विभागले टुकुचा खोलाको सतहको रेखांकन गर्न नमिल्ने जनाएका छन् ।

काठमाडौं महानगरपालिकाले गरेको आग्रहमा विभागले कानुनी रूपमा नमिल्ने जवाफ जनाएको हो। काठमाडौं महानगरपालिकाले अघिल्लो साता टुकुचा खोला भूमिगत भएको स्थानमा रेखांकन गर्न आग्रह गर्दै नापी विभागलाई चिठी पठाएको थियो।

२०३२ सालमा गरिएको नापनक्सामा जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म टुकुचा खोला नदेखिएकाले त्यहाँ रेखांकन गर्न नमिल्ने जवाफ विभागले महानगरपालिकालाई दिएको हो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here