काठमाडौँ / कपनको राममन्दिर नजिकै आगलागी भएको छ। कपनमा आगलागी भएको जानकारी आएकाले आगो निभाउनका लागि काठमाडौं, ललितपुर, भक्तपुर र एयरपोर्टको दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
बुधबार साँझ कपनस्थित राममन्दिर नजिकै दुई तले घरमा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। आगो नियन्त्रणका लागि सेना प्रहरी र स्थानीय जुटिरहेको एसपी मैनालीले बताए।


















