अहिले समाजवादी क्रान्ति र रुपान्तरणको नयाँ युगमा आइपुगेको छ : झलनाथ

91

काठमाडौं, १५ असार । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले वामपन्थी शक्ति वैज्ञानिक समाजवादको लक्ष्यमा अघि बढ्नुपर्ने बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा बोल्दै उनले अहिले समाजवादी क्रान्ति र रुपान्तरणको नयाँ युगमा आइपुगेको भन्दै सो कुरा बताएका हुन् ।

‘‘क्रान्ति भनेको परिस्थितिको फड्को मार्ने कुरा हो’’, उनले भने, “एउटा गोली नपड्काइ पनि क्रान्ति हुन्छ। सामाजिक, आर्थिक स्थितिमा कसरी परिवर्तन आइरहेको छ। अब वैज्ञानिक समाजवादबाहेक अरु लक्ष्य हुनसक्दैन।”

नेपालको कम्युनिष्ट आन्दोलनमा सिंहको अनवरत योगदानको स्मरण गर्दै उनले आन्दोलनमा बहस गर्नुपर्ने विषय धेरै रहेको उल्लेख गरे। बहस मात्रै गर्न खोजेर कम्युनिष्ट आन्दोलन अघि नबढ्ने तर, बहसबाट बेफाइदा नहुने उनको तर्क छ।

समग्र कम्युनिष्ट आन्दोलन र समाजवादको सन्दर्भमा उहाँले पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको मुलुकले प्रजातन्त्र सुम्पिएको बताए ।

“सामन्तवाद उन्मूलन गरिसक्यौं, २०६२र६३ को जनआन्दोलनमा सिद्धिलाल सिंहको ठूलो योगदान छ। सबै कम्युनिष्ट पार्टीको नीति, लक्ष्य र कार्यदिशा के हो ? यसको छलफल गर्नुपर्छ”, उनले भने, “कुनै पनि देशको क्रान्ति ठीक दिशामा जानुछ, त्यो भएन भने एकदम ठूला–ठूला शक्ति पनि ध्वस्त हुन्छन् र विद्रोहको झिल्को सानै भए पनि त्यसले ठूलो रुप लिन्छ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here