कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट जोगिए

75

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट जोगिएका छन्।

बिहीबार बिहान उपसभापति गुरुङ चढेको बा१९च १८३९ नम्बरको स्कार्पियो गाडी रामेछापको गोगनेमा सडक किनारबाट चिप्लिएको हो । तर, अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको गुरुङले जानकारी दिए ।

उनले आफूलगायत त्यसमा सवार सबै सकुशल रहेको जानकारी पनि दिएका छन्।  ‘ठूलो घटना हुनबाट जोगियो, रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो।

भगवानको कृपाले हामी सबै सकुशल छौं’, गुरुङले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

गाडीमा उपाध्यक्ष गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जनलगायत पाँच जना थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here