‘सरकारले जनअपेक्षा पूरा गर्न सफल होस्’

61

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारको नेतृत्व गर्नेले अर्काको पहिचान मेटाउने काम गरे मुलुकमा पुनः अशान्ति उत्पन्न हुने खतरा रहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यू, तपाईँले गरेका वाचा पूरा गरिदिनुस्, प्रस्तावलाई समर्थन गर्छु, विश्वासको मत दिन्छु ।”

अर्का स्वतन्त्र सांसद प्रभु साहले जनता र निर्वाचित संस्थाप्रति जबाफदेही भएर सरकारलाई काम गर्न सुझाव दिँदै आफ्नो सहयोग र समर्थन रहने बताउनुभयो । स्वतन्त्र सांसद योगेन्द्र मण्डलले लाखौँ नेपाली नागरिक गैरनागरिक बन्नु परेको जनाउँदै नागरिकता समस्या समाधान गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here