अमेरिका जान लागेका १७६ जना नेपाली ब्राजिलमा रोकिए

30

काठमाडौं । अवैध रुपमा संयुक्त राज्य अमेरिका जान लागेका १७६ जना नेपाली ब्राजिलमा रोकिएका छन्।

ब्राजिलस्थित नेपाली राजदूतावासले मंगलबार विज्ञप्ति जारी गर्दै १ सय ७६ जना नेपाली साउपाउलो विमानस्थलमा रोकिएको जानकारी गराएको छ।

उनीहरु सकुशल रहेको र आवश्यकताअनुसार उनीहरुका लागि मानवीय सहायता पुर्‍याउन तयारी अवस्थामा रहेको दूतावासले जनाएको छ।

‘हालै ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७ सय विदेशीहरू रोकिएको भन्ने समाचारप्रति यस दूतावासको ध्यानाकर्षण भएको छ।

ट्रान्जिटमा रहेका सबै १ सय ७६ जना नेपाली नागरिकहरु सकुशल रहेका छन् र आवश्यकताअनुसार निजहरुलाई मानवीय सहायता पुर्‍याउन दूतावास तयारी अवस्थामा रहेको छ,’ दूतावासले भनेको छ।

मानव तस्करहरुको सञ्जाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने भन्दै जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिएर मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन दूतावासले अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here