एलजी  ब्रान्डका टेलिभिजन अब नेपालमै एसेम्ब्लिङ हुने

49

काठमाडौं । एलजी  ब्रान्डका टेलिभिजन अब नेपालमै एसेम्ब्लिङ हुने थालेका छन् ।

चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्सले काठमाडौंको सतुंगलमा एलजी टेलिभिजनको प्लान्ट स्थापना गरेर टेलिभिजन एसेम्ब्लिङ सुरु गरेको हो ।

एलजी इलेक्ट्रोनिक्स सिंगापुरका प्रबन्ध निर्देशक सुन्घो चौनले प्लान्ट उद्घाटन गरे । कोरियाली कम्पनी एलजी इलेक्ट्रोनिक्स इन्क र चौधरी ग्रुपबीच ३५ वर्षदेखि सहकार्य भइरहेको छ । प्लान्ट उद्घाटन गर्दै सुन्घोले अब नेपालमा घरपरिवारका लागि एलजीका उत्पादन थप किफायती हुने जनाए ।

उनले भने,’आगामी दिनमा नयाँ अवसर सृजना गर्दै नेपाली ग्रहक वर्गका लागि अझ गुणस्तरिय र सर्वसुलभ रुपमा उत्पादहनहरु बजारमा लैजाने लक्ष्य लिएका छौं ।’

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले एलजी इलेक्ट्रोनिक्स इंकसँगको आफ्नो ग्रुपको सहकार्यले नेपालमा थप वैदेशिक लगानी ल्याउने मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उनले थपे, ‘अहिलेको नयाँ आयामको फलस्वरुप नेपालमा रोजगारीका अवसरहरु सृजना हुने र ग्राहकले गुणस्तरिय सेवाको आनन्द लिँदै  प्रिमियम घरेलु उपकरण अझ सुपथ मुल्यमा पाउनेछन् ।’

एलजीको मापदण्ड कायम गरी नेपाली इन्जिनियरलाई तयार पार्न एलजी इ‌ंकबाट निरन्तर पर्यवेक्षण तथा सहयोग प्राप्त हुने चौधरी ग्रुपले जनाएको छ ।

निकट भविष्यमा एलजीका होम एप्लायन्स र इन्टरटेन्मेन्ट एप्लाएन्स पनि नेपालमै उत्पादन हुने चौधरी ग्रुपले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here