सुर्यबिनायक चोकमा बसको ठक्करबाट एक बृद्धाको मृत्यु

52

काठमाडौं । भक्तपुरको सुर्यबिनायक चोकमा आज बिहान बसको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका १ की ७२ वर्षीया दिलमाया श्रेष्ठ रहेकी छिन्।

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा डा ईवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको हो।

सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा १ प १५५१ नम्बरको पर्यटक बसले आज बिहान ८ बजे पैदल हिडिरहेकी वृद्धालाई ठक्कर दिएको हो।

बससहित चालकलाई प्रहरी वृत्त जगाती भक्तपुरले नियन्त्रणमा लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here