अदालतले सभामुख र उपसभामुखले राजीनामा दिनपर्ने दावी

49

काठमाडौं । सर्वोच्च अदालतले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध परेको रिटमा कारण देखाउ आदेशसँगै अग्राधिकार जारी गरेको छ।

आइतबार सर्वोच्च अदालतले सभामुख र उपसभामुखले राजीनामा दिनपर्ने दावी गरिएकाे रिटमाथि सुनुवाइ गर्दै कारण देखाउसँगै अग्राधिकार दिने आदेश जारी गरेकाे हो।

अधिवक्ताहरू किशोर पौडेल, अनुपम भट्टराई र जगन्नाथ दुलाल तथा कानुन संकायकी विद्यार्थी रेजीना पौड्यालले गत बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनीहरूले प्रतिनिधि सभाका सभामुख र उपसभामुखको पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

प्रतिनिधि सभाका सदस्यको समयावधि असोज १ गते सकिएकाले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसाल गौतमको पनि पदावधि सकिएको रिटमा जिकिर गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here