आगामी प्रदेश सभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति

52
g]kfnL ;]gf unsf]6, @^ j}zfv M aGbf]a:tLsf ;fdu|L;lxt lgjf{rgsf] ;'/Iffdf vl6P/ afun'ªsf ljleGg dtbfg s]Gb|tkm{ hfFb} g]kfnL ;]gf . t:jL/M v]d/fh uf}td÷/f;;

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

निर्वाचन सुरक्षाका लागि झन्डै ७५ हजार नेपाली सेना परिचालन गर्ने तयारी गरिएको छ । एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका गरी झन्डै तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ । निर्वाचनमा नेपाली सेनालाई मतपत्र छपाइको सुरक्षा, ढुवानी, निर्वाचन स्थलको सुरक्षा, विस्फोटक पदार्थ निष्क्रिय गर्नेलगायतका सुरक्षा जिम्मेवारी तोकिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here