कामना बैंककाे सेमिनार सम्पन्न

54

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ सम्बन्धी जानकारी तथा यसको उचित प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले सेमिनार सम्पन्न गरेको छ । जुममार्फत असोज ८ गते बेबिनार सम्पन्न भएको हो । बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चालन गर्दै आइरहेको जनाएको छ ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीले बिल भुक्तानी गर्ने, अनलाइन खाता खोल्ने, सामाजिक सञ्जाल मार्फत बैंकिङ्ग कारोबार गर्ने, अन्तर बैंकिङ्ग रकम ट्रान्सफर गर्ने जस्ता विभिन्न बैंकिङ्ग कारोबारहरु कसरी डिजिटल माध्यमद्वारा गर्न सकिन्छ भन्ने जानकारी गराउनका साथै कसरी सुरक्षित डिजिटल कारोबार गर्ने भन्ने जस्ता महत्वपूर्ण जानकारीहरु प्रदान गरिएको थियो ।

बैंकले आफ्नो वित्तीय साक्षरता अन्तर्गत सो कार्यक्रम संचालन गरेको र आगामी दिनहरूमा पनि थप प्रभावकारी रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here