रुसको एक विद्यालयमा बन्दुकधारीले गोली चलाउँदा १५ जनाको मृत्यु

89

रुसको इजेभस्क शहरको एक विद्यालयमा सोमबार एकजना बन्दुकधारीले गोली चलाउँदा १५ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा ११ जना विद्यार्थी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ज्यान गुमाउने विद्यार्थीहरुको उमेर ११ वर्षभन्दा कम रहेको बताइएको छ। उक्त गोलीकाण्डमा ११ विद्यार्थीका साथै दुई शिक्षक र दुई सेक्युरिटी गार्ड पनि मारिएका छन्। घटना भएको विद्यालयमा करिब एक हजार विद्यार्थी अध्ययन गर्ने गरेको बताइएको छ। गोली चलाउने व्यक्तिले आफैलाई गोली हानेर आत्महत्या गरेको रुसी अधिकारीहरुले बताएका छन्। बन्दुकधारी विद्यालयकै पूर्व कर्मचारी रहेको बताइएको छ। घटना भएको उक्त शहर रुसको राजधानी मस्कोदेखि ९६० किलोमिटरको दूरीमा पर्छ। उक्त क्षेत्र रुसको औद्योगिक हबको रुपमा समेत चिनिन्छ। उक्त शहरमा करिब साढे ६ लाख जनसंख्या रहेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here