जसपा नेपालको काठमाडौं महानगर समितिमा सुरज महर्जनले नेतृत्त्व गर्ने

99

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालको काठमाडौं महानगर समितिमा सुरज महर्जनले नेतृत्त्व गर्ने भएका छन् ।

सोमबार काठमाडौंमा आयोजित महानगर समिति पुनर्गठन कार्यक्रममा महर्जनलाई समितिको अध्यक्ष घोषणा गरिएको हो । कार्यक्रममा जसपा काठमाडौं जिल्ला अध्यक्ष अजित पुतुवारले महर्जनको अध्यक्षतामा महानगर समितिको नयाँ कार्य समिति घोषणा गरेका थिए ।

समितिको पुनर्गठित कार्य समितिको चार जना उपाध्यक्षमा मनोज कर्माचार्य, विक्रम शाही, कृष्णकुमार मानन्धर र सुरेन्द्र माली रहेका छन् । त्यस्तै सचिवमा कविन्द्रनाथ कपाली चयन हुँदा सह सचिवको जिम्मेवारी राजिव किलंनं श्रेष्ठ, जेनी डंगोल र अनिता आचार्य पोखरेलले पाएका छन् ।

कोषाध्यक्षमा सुनिल महर्जनलाई चयन गरिएको छ । महानगरको ३२ वटै वडामध्ये प्रत्येक वडाबाट एक एक जना प्रतिनिधि पनि कार्य समितिमा समावेश गराइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here