मानव अधिकारका विषय समावेश गर्न राजनीतिक दललाई आग्रह

56

काठमाडौैं। राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको सन्दर्भमा जारी गरिने घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न राजनीतिक दललाई आग्रह गरेको छ ।

आयोगले बुधबार विज्ञप्ति जारी गर्दै आसन्न निर्वाचनका लागि घोषणापत्र निर्माण गर्ने क्रममा रहेका दललाई घोषणापत्रमा मानव अधिकारको विषय समावेश गर्न आग्रह गरेको हो । आयोगले लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार र आवधिक निर्वाचन समेतको माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने नेपालको संविधानको लक्ष्य रहेको तथा त्यसको कार्यान्वयनको प्रमुख जिम्मेवारी राजनीतिक दलको रहेको स्मरण गराएको छ ।

“दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र-प्रतिबद्धतापत्रमा मानव अधिकारको सम्मान, संरक्षण र संवद्र्धनका लागि नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, आयोगका सिफारिस तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप उच्च महìव र प्राथमिकताका साथ मानव अधिकारका विषयलाई समावेश गर्न आयोग सम्पूर्ण राजनीतिक दलहरूलाई पुनः विशेष आग्रह गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।

आयोगले लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार र आवधिक निर्वाचनसमेतको माध्यमबाट मात्रै समृद्ध राष्ट्र निर्माण गर्ने नेपालको संविधानको लक्ष्य रहेको स्मरण गराउँदै त्यसका लागि राजनीतिक दलहरूको प्रमुख भूमिका हुनेतर्फ ध्यानाकर्षण गराएको छ ।

आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा भयरहित, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गर्न आग्रह गर्दै त्यस सम्बन्धमा आयोगले गरेका सिफारिसको कार्यान्वयनका लागिसमेत सचेत गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here