सवारी दुर्घटनामा १ जनाको मृत्यु

251

ओखलढुङ्गा / चम्पादेवी गाउँपालिका-५ सिद्धडाँडास्थित सडकमा बा.२१ च ७३६१ नम्बरको बोलेरो गाडी सोमबार बिहान सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने ५६ वर्षीय सन्तोष विकको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएकी २८ वर्षीया कल्पना बिक, ३५ वर्षीय चालक जीतबहादुर खत्री र २६ वर्षीया अनिता बुढाथोकीलाई उपचारको लागि हेम्स अस्पताल काठमाडौंतर्फ लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here