देशलाई बन्धकी राखेर एमसीसी सहयोग लिनु हुँदैनः दुर्गा पौडेल

541

काठमाडौं / राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले देशलाई बन्धकी राखेर मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको सहयोग लिन नसकिने जनाएकी छन्। एमसिसी अमेरिकी हिन्द(प्रशान्त रणनीति (आइपिएस) अन्तर्गत रहेको जनाउँदै उनले यसलाई अस्वीकार गर्नुपर्ने  जनाइन् ।

देशमा ‘एमसिसीको विरूद्व  धेरै चर्को रूपमा आएको छ। गहन छलफल गर्नुपर्छ,’ सांसद पौडेलले आज प्रतिनिधिसभा बैठकमा बोल्दै भनिन्, ‘एमसिसी आइपिएसको अंग हो की होइन रु अमेरिकी दूतावासले एमसिसी आइपिएसको अङ्ग हो भनेको छ।’

आइपिएस अमेरिकाले आफ्नो साम्राज्यवादी नीतिलाई विस्तार गर्न र हिन्द प्रशान्त क्षेत्रमा आफ्नो गोटी बनाउन ल्याइएको रणनीति भएको उनले जनाइन् ।  ‘कसैको सहयोग लिन हुँदैन भन्ने चाही होइन। त्यस पछाडिको दूरगामी परिणाम के हो भन्ने हेर्नुपर्छ। राष्ट्रलाई धितो राखेर यसलाई स्वीकार्न हुँदैन,’ उनले जनाइन् ।

एमसिसी राष्ट्रियता, सार्वभौमिकतासँग जोडिएका विषय भएकोले यसमाथि गम्भीर छलफल हुनुपर्ने उनले जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here