चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता

120

कावासोती पूर्वी नवलपरासीमा चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिइएको छ। नवलपरासी जिल्लाको कावासोती, देवचुली, गैंडाकोट नगरपालिका क्षेत्रमा अनुगमन थालिएको हो। 

 कावासोती नगरपालिका क्षेत्रमा रहेका खाद्य सामग्रीका व्यवसायको अनुगमन गरिएको छ। कावासोती बजार क्षेत्र आसपासमा रहेका मासु पसल, माछा पसल, होटेल, आइसक्रिम उद्योग, डेरी, किराना पसलको अनुगमन गरिएको हो।

घरेलु तथा साना उद्योग कार्यालयको अगुवाइमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि सहितको टोलीले नजिकिँदो चाडपर्वलाई लक्षित गरेको अनुगमनमा मापदण्ड विपरित सञ्चालन भएका दुई पसल शिलबन्दी गरिएको छ। 

अनुगमन टोलीले दीपक मिट सप्लार्यसबाट ५० किलोग्राम मासु जफत गरेर नष्ट गरेको छ। पसलमा मृत माछा राखेको पाइएपछि कारबाही प्रक्रिया अगाडि बढेको घिमिरेले बताउनुभयो। 

अनुगमनमा भेटिएका अखाद्य वस्तु नष्ट गरिएको र स्वास्थ्यमा असर पुग्ने अखाद्य वस्तु विक्री वितरण गरिएको भेटिए जुनसुकै पसलमा पनि कारवाही गरिने उहाँले बताउनुभयो। चाडपर्वमा मात्र अनुगमन हुन्छ भन्ने भ्रमलाई हटाइ आम उपभोक्ताकाे स्वास्थ्यको ख्याल गर्दै बजार अनुगमनलाई निरन्तरता दिने प्रमुख जिल्ला अधिकारी घिमिरे बताउनुहुन्छ।  मीना कँडेल, गाेरखापत्रबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here