काठमाडौं । उदयपुर, चौदण्डीगढी नगरपालिका-३ राजनागी टोल बस्ने प्रेम बहादुर कामीको घरमा करेन्ट सर्ट भई बिहीबार साँझ आगलागी हुँदा घर तथा खाद्यान्न, लत्तापडा समेत गरी
करिब ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
पर्सा, वीरगंज महानगरपालिका-१० कुमारीमाई मन्दिरस्थित प्रभु प्रसाद कलवारको रम्भा मसला उद्योगमा करेन्ट सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा करिब ५० लाख रूपैयाँ बराबरको
धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

















