जनताप्रतिको उतरदायी नेतृत्वका साथै बलियो राष्ट्रियताका लागि निष्ठाका खाँचो

102

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली राजनीतिमा जनताप्रतिको उतरदायी नेतृत्वका साथै बलियो राष्ट्रियताका लागि निष्ठाका खाँचो रहेको बताउनुभएको छ।

पार्टी कार्यालयमा बडादसैँ, तिहार, नेपाल संवत् र छठका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष लिङ्देनले मुलुकमा इमान र त्यागको राजनीतिले मात्र देश विकास र जनतालाई समृद्धिको बाटोमा लैजान सकिने बताउनुभयो।

उहाँले निकट भविष्यमा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा जनताले राष्ट्रवादी शक्तिलाई मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो। निर्वाचनमा जनताले गर्ने निर्णयबाट नेपाल र नेपालीको मुहार फेर्ने बताउँदै उहाँले चुनावको दिन राष्ट्र निर्माणमा ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताउनुभयो।

विजयादशमीका अवसरमा अध्यक्ष लिङ्देनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभयो। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here