निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने

55
?????????????????

काठमाडौं। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरेर करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन्।

आयोगले पर्यवेक्षणका लागि गरेको आह्वानअनुसार आवेदन दिएर स्वीकृति प्राप्तमध्ये ४३ वटा स्वदेशी संस्थाले पेस गरेका आँकडा अनुमान गर्दा करिब २० हजार पर्यवेक्षक हुने आयोगका सह प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो।

विदेशीतर्फ हालसम्म दुई वटा संस्थाले पर्यवेक्षणका लागि अनुमति पाएका छन्। उहाँले केही संस्था पर्यवेक्षकलाई सहरी र सुविधा सम्पन्न क्षेत्रमा मात्र नभई दूरदराजका मतदानस्थलमा पनि पर्यवेक्षण गराउने गरी काम भइरहेको बताउनुभयो।

आयोगले भारत, बङ्गलादेश, भुटान, मालदिभ्स, पाकिस्तान र श्रीलङ्काका प्रमुख निर्वाचन आयुक्तहरू तथा मतदानको दिन अवलोकनका लागि नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरूलाई मतदानको अवलोकनका लागि आग्रह गरेको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here