अमलेखगञ्‍जमा भएको बस दुर्घटना परी मृत्यु हुनेको संख्या १६ पुग्याे

172

काठमाडौं । बाराको अमलेखगञ्‍जमा भएको बस दुर्घटना परी मृत्यु हुनेको संख्या १६ पुगेको छ। दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन्।

प्रहरीका अनुसार हेटौंडा अस्पतामा मात्रै उपचारका क्रममा १२ जनाको मृत्यु भएको हो। चुरेहिल अस्पतालमा २ जना, मकवानपुर सहकारी अस्पतालमा एक र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर बलराम श्रेष्ठले जानकारी दिए ।

इन्सपेक्टर श्रेष्ठका अनुसार दुर्घटनामा २० बढी जना घाइते भएका छन्। घाइते दुई जनाको अवस्था गम्भीर छ। घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ।

नेपाल समय
नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६-००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो। घाइतेहरुलाई उद्धार गरी मकवानपुर ल्याइएको थियो।

मोडमा बस अनियन्त्रित भएर सडकबाट २० मिटर तल खोलामा खसेको हो। बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here