कलाकारहरुको दसैँ कस्तो भयो?

59

विजया दशमी कलाकारले धुमधामसँग मनाएका छन् ।

अभिभावकबाट बडादसैँको टीका ग्रहण गरेका तस्वीरहरु कलाकारहरुले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।

नेपालको पहिलो अभिनेत्री भुवन चन्दले श्रीमान् माइकल चन्दको हातबाट टिका ग्रहण गरेपछि परिवारका अन्य सदस्यलाई पनि टिका लगाइदिएकी छन्।

यस्तै अभिनेता हरिवंश आचार्यले स्वर्गीय श्रीमती मिरा आचार्यको तस्वीर राखेर पत्नी, छोरा र बुहारीलाई टिका लगाइदिएका छन्।

यसैगरी अभिनेता अनमोल केसीले पिता तथा अभिनेता भुवन केसीको हातबाट टिका र जमरा थापेपश्चात् आशिर्वाद लिएका छन्।

‘छड्के २’ को छायाङ्कनमा व्यस्त अनमोल लगत्तै ‘जेरी’मा व्यस्त रहनेछन्।

अभिनेत्री सुहाना थापाले बुबा सुनिलकुमार थापा र आमा झरना थापाबाट टिका ग्रहण गरेकी छन्।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बुवाबाट, अभिनेता तथा निर्देशक निर्मल शर्माले आमाबाट र अभिनेता जितु नेपालले आमाको हातबाट टिका ग्रहण गरेका छन्।

यस्तै आमाबाट टिका र जमरा ग्रहण गरेपछि सामुहिक तस्वीर खिचाउँदै हाँस्यकलाकार शिवशङ्कर रिजालले दसैँको शुभकामना दिएका छन्। “तराई गएर अन्य मान्यजनबाट टिका ग्रहण गर्नेछु । मेरो दसैँ तराई र काठमाडौँमा बराबर हुँदै आएको छ”, उनले सामाजिक सञ्चालमा लेखेका छन्। – रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here