लाेसपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले एमालेसँग गठबन्धन नभए पनि सहकार्य हुने ठाेकुवा

53

काठमाडौं । लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का वरिष्ठ नेता लक्ष्मणलाल कर्णले नेकपा (एमाले) सँग गठबन्धन नभए पनि सहकार्य हुने ठाेकुवा गरेका छन्।

“नेकपा एमालेसँगकाे वार्ता सकारात्मक छ। हामीले संघमा १५-१६ र प्रदेशमा ३०-३२ सिट प्रस्ताव गरेका छाैं। हेराैं आज के हुन्छ?” नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कर्णले भने।

एमालेले जनता समाजवादी पार्टी (जसपा) सँग गठबन्धन गरे के गर्नुहुन्छ भन्ने धमलाकाे प्रश्नमा उनले भने, “आजकाे दिनसम्म उपेन्द्र यादवले गठबन्धन छाडेकाे घाेषणा गर्नुभएकाे छैन। गठबन्धनले पनि जसपा बाहिरिएकाे भनेकाे छैन। एमालेले जसपा, राप्रपा, जनमत जाेसँग सहकार्य गरे पनि राेक्ने, छेक्ने काम गर्दैनाैं। हाम्राे सहकार्य एमालेसँगै हुन्छ।” कर्णले चुनावमा पार्टी फेरेका लाेसपाका नेता नभएर मान्छेहरू मात्र भएकाले जनताले मतलब नगर्ने दाबी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here