सभामुखले छाड्नुभयो सरकारी निवास

70

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छाड्नु भएको छ । सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्कनु भएको उहाँको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

सभामुख सापकोटाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा समेत गर्नुभएको छ । सिंहदरबारमा शनिबार पत्रकार सम्मेलन गरी सभामुख सापकोटाले सो घोषणा गर्नुभएको हो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here