पहिरोबाट भेनेजुएलामा २२ जनाको निधन, ५२ जना बेपत्ता

49

एजेन्सी । भेनेजुएलामा ठूलो वर्षापछि आएको पहिरोमा परेर २२ जनाको ज्यान गएको छ । ५२ जना बेपत्ता भएका छन् ।

भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणको काम भइरहेको बताएका बीबीसीले जनाएको छ ।

भेनेजुएलाको लस तेजरियास सहरमा पहिरो गएको हो । पहिरो प्रभावितको खोज तथा उद्धारका लागि एक हजार जना उद्धारकर्मी खटिएका छन् ।

राष्ट्रपति निकोलस मडुरोले स्थिति कठिन र पीडादायी भएको बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here