काठमाडाैं । कोरोना संक्रमणसँग जुधिरहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी भण्डारीलाई आज डिस्चार्ज गर्ने बताइएको छ ।
ज्वरो र खोकी कम भएकोले आज डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।


















